ट्रेन्डिङ

मधेस मुख्यमन्त्री सोनलले कात्तिक २२ गते विश्वासको मत लिने

जनकपुर। छठ पर्व सकिएसँगै मधेश प्रदेशमा राजनीतिक गतिविधि फेरि चर्किएको छ।

मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले आउँदो कात्तिक २२ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।

बुधबार मुख्यमन्त्री निवासमा बसेको सत्तारूढ गठबन्धनको बैठकले उक्त मितिमा विश्वासको मत लिने निर्णय गरेको हो।

बैठकमा सहभागी दलहरूले विश्वासको मत प्रक्रिया सफल पार्ने प्रतिबद्धता जनाएका छन्।

मुख्यमन्त्री सोनलले विपक्षी दलहरू — नेपाली कांग्रेस र नेकपा (एमाले) — लाई समेत सरकारको पक्षमा उभिन आग्रह गरेका छन्।

उनले भने, “प्रदेशको स्थिरता र विकासका लागि सबै दलको सहयोग आवश्यक छ।”

सोनल नेतृत्वको गठबन्धनमा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टी गरी सात दल सहभागी छन्।

गत असोज २९ गते ५५ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका सोनलले अब संविधानले तोकेको ३० दिनभित्र विश्वासको मत लिने तयारी गरेका हुन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै