वीरगन्ज । वीरगन्ज महानगरपालिका–६ निवासी पूर्व प्रदेश सांसद विनादेवी शर्माको घरमा आज साँझ आगलागी भएको छ।
आगलागीको जानकारी पाउनासाथ वडा प्रहरी कार्यालय बिर्ता, पर्साबाट प्रहरी निरीक्षकको कमाण्डमा ३० जनाको प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। साथै, वीरगन्ज महानगरपालिकाका २ वटा दमकल र स्थानीय बासिन्दाहरूको सक्रिय सहयोगमा आगो निभाउने कार्य गरिएको थियो।
प्रहरी, दमकल र स्थानीयको तत्परताका कारण करिब साँझ १८:०० बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घटनामा कुनै पनि मानवीय वा चौपाया क्षति भएको छैन, जसले गर्दा ठूलो दुर्घटना टरेको छ। यद्यपि, आगलागीको कारण हालसम्म खुल्न सकेको छैन र क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।
यस सम्बन्धमा आवश्यक थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।