ट्रेन्डिङ

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्न लागिन्, चार नयाँ मन्त्री आजै शपथ लिने

काठमाडौं । प्रधानमन्त्री सुशील कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन्।

विश्वस्त स्रोतका अनुसार चार नयाँ मन्त्रीको नाम टुंगो लागिसकेको छ र उनीहरूले आजै शपथ ग्रहण गर्ने तयारी छ।

स्रोतका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सुधा गौतमलाई दिने निर्णय भएको छ।

त्यस्तै गणपतिलाल श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने तय भएको छ।

खगेन्द्र सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व दिन लागिएको छ भने बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बन्ने पक्का भएको बताइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै