ट्रेन्डिङ

सर्लाहीमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ

सर्लाही। जिल्ला प्रहरी कार्यालय सर्लाहीले ठूलो परिमाणमा रहेको लागूऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार, बुधबार बिहान करिब १० बजेको समयमा जिल्ला सर्लाहीको कौडेना गाउँपालिका वडा नं. २, फुलपरासीस्थित हुलाकी सडकखण्डमा विशेष चेकजाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक रविन्द्र कार्कीको कमान्डमा खटिएको टोलीले सुखचैनाबाट फुलपरासीतर्फ जाँदै गरेको BR07AG8102 नम्बरको मोटरसाइकललाई शंका लागेर रोकी चेकजाँच गरेको थियो।

चेकजाँच गर्दा मोटरसाइकलको सिटमुनि प्लाष्टिकमा लुकाएर राखिएको अवस्थामा ५ किलो ३०० ग्राम लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ।

गाँजासहित पक्राउ पर्नेमा मोटरसाइकल चालक सर्लाही, कौडेना गाउँपालिका–१, सुन्दरपुर बस्ने कपिल देव ठाकुरका छोरा अन्दाजी १८ वर्षीय दिप नारायण ठाकुर र मोटरसाइकलको पछाडि सवार सोही स्थानका अन्दाजी ३० वर्षीय लोजा बैठा रहेका छन्।

प्रहरीले दुवै व्यक्ति र उनीहरूले प्रयोग गरेको मोटरसाइकल नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ल्याएको छ।

पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको र घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै