ट्रेन्डिङ

पर्साको अलौ नाकाबाट करिब दुई किलो गाँजासहित एक व्यक्ति पक्राउ

वीरगन्ज । नेपालबाट भारततर्फ साइकलमा जाँदै गरेका एक वृद्धलाई पर्साको अलौ नाकाबाट ठूलो परिमाणको अवैध गाँजासहित सीमा सुरक्षा गुल्मले नियन्त्रणमा लिएको छ।

आज बिहान ८ः५० बजे प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले चेकजाँचको क्रममा वीरगन्ज महानगरपालिका–२६, अठराहा बस्ने अन्दाजी ७४ वर्षीय ईस्लाम अन्सारीलाई पक्राउ गरेको हो।

सहायक प्रहरी नायव उपरीक्षक सुरज कुमार कार्कीको कमान्डमा खटिएको पाँच जनाको मोबाइल टोलीले जाँच गर्दा अन्सारीले बोकेको झोलाभित्र १ किलो ९८५ ग्राम गाँजा फेला पारेको थियो।

सीमा सुरक्षा गुल्मले गाँजा र साइकलसहित नियन्त्रणमा लिइएका ती व्यक्तिलाई थप अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीको वडा प्रहरी कार्यालय श्रीपुरमा बुझाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै