ट्रेन्डिङ

वीरगन्ज व्यापारिक पसलमा आगलागी, दमकल र ४३ सुरक्षाकर्मीको सहायतामा नियन्त्रण

वीरगन्ज । वीरगन्ज महानगरपालिका–१६ स्थित रोहित केमिकल ट्रेडर्स र रोहित सेल्स स्टोरमा अज्ञात कारणले मध्यरात आगलागी भएको छ।

बुधवार बिहान करिब सवा २ बजे आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागी बारे जानकारी प्राप्त भएलगत्तै प्रहरीले ठूलो सङ्ख्यामा टोली खटाएर नियन्त्रण गर्ने प्रयास थालेको जानकारी दिएको छ ।

प्रहरी चौकी गणेशटोलबाट ३ जना, तालुक प्रहरी कार्यालय विर्ताबाट इन्सपेक्टरको कमाण्डमा ३० जना र वीरगन्ज भन्सार कार्यालयबाट १० जना गरी जम्मा ४३ जना सुरक्षाकर्मी आगो निभाउने कार्यमा संलग्न भएका थिए।

यसैगरी आगलागी नियन्त्रणका लागि वीरगन्ज महानगरपालिकाको दमकल, पोखरिया नगरपालिकाको दमकल तथा वीरगन्ज मेट्रो ट्याङ्कको समेत सहयोग लिइएको थियो।

सबैको संयुक्त प्रयासपछि आगो बिहान करिब साढे ५ बजे नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरीले जनाएको छ।

पसलमा भएको क्षतिको विस्तृत विवरण संकलन कार्य जारी रहेको र आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै