ट्रेन्डिङ

ओली लक्षित गृहमन्त्रीको टिप्पणी : ‘कानुनभन्दा माथि कोही छैन’

वीरगन्ज । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कानुनभन्दा माथि नरहेको भन्दै उनीमाथि पनि अनुसन्धान हुनसक्ने बलियो सङ्केत गरेका छन् ।

सोमबार इजरायलमा मारिएका विपिन जोशीको श्रद्धाञ्जली सभामा सहभागी हुन जाने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले अब देशमा ‘पहिलेको जस्तो नहुने’ स्पष्ट पारे ।

ओलीलाई विदेश भ्रमणमा जानबाट रोक्ने निर्णय सरकारले नभई न्यायिक जाँचबुझ आयोगले गरेको भन्दै उनले पूर्वप्रधानमन्त्रीले आयोगसँग कुरा गर्नुपर्ने बताए । ‘आयोगले गरेको हो। आयोगलाई भन्नुपर्‍यो नि, सरकारले गरेको होइन नि उहाँलाई,’ गृहमन्त्री अर्यालले प्रष्ट पारे ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै