ट्रेन्डिङ

एसपी रविन कार्कीले सम्हाले रौतहट प्रहरी प्रमुखको जिम्मेवारी

रौतहट। प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीले जिल्ला प्रहरी कार्यालय रौतहटको प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।

केही दिनअघि उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट रौतहट सरुवा भएका एसपी कार्कीले आज रौतहट पुगेर औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त कार्यालय प्रमुख लगायत मातहतका सम्पूर्ण प्रहरी कर्मचारीहरूले उनलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए। एसपी कार्कीले आजैबाट रौतहट जिल्लाको शान्ति सुरक्षा तथा अपराध नियन्त्रणको कमाण्ड सम्हालेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै