ट्रेन्डिङ

ठूलो परिमाणमा प्रतिबन्धित ट्रमाडोलसहित २ जना वीरगन्जबाट पक्राउ

वीरगन्ज । नेपालबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुवाहक बसमा जाँच गर्ने क्रममा प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गत प्रहरी चौकी गण्डकबाट खटिएको चेकिङ टोलीले आइतबार राति करिब ८ः२० बजे वीरगन्ज महानगरपालिका वडा नं. १४ को सडक खण्डमा चेकजाँचको क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

वीरगन्जबाट काठमाडौंका लागि छुटेको सार्वजनिक रात्री बसलाई रोकेर चेकजाँच गर्दा सिट नम्बर ५ र ६ मा सवार दुई यात्रुको झोलाबाट अवैध लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा जिल्ला पर्सा पकहामैनपुर गाउँपालिका वडा नं. ०५ का वर्ष १९ का पुष्पेन्द्र राज पाण्डे र भारत, बिहार राज्य, पूर्वी चम्पारण, रक्सौलका वर्ष १९ का सचिन कुमार रहेका छन्।

उनीहरूले बोकेको कालो र नीलो रङ्गको झोलामा प्रतिबन्धित लागूऔषध ट्रमाडोल– ५० फेला परेको थियो। प्रहरीले बरामद गरेको ट्रमाडोल क्याप्सुलको कुल सङ्ख्या २३ हजार ८ सय ८० रहेको छ।

पक्राउ परेका दुवै जनालाई लागूऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि वडा प्रहरी कार्यालय श्रीपुर, पर्सामा पठाइएको प्रहरी चौकी गण्डकले जनाएको छ। प्रहरीले यस सम्बन्धमा विस्तृत अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै