ट्रेन्डिङ

बाराका एसपीलाई कारवाही गर्न पत्रकार महासंघ बाराले बुझायो सिडिओमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

कलैया । नेपाल पत्रकार महासंघ, बारा शाखाले जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) सन्तोष तामाङका गतिविधिले जिल्लाको पत्रकारिता र शान्ति सुव्यवस्थामा गम्भीर असर पारेको भन्दै उनको कार्यशैलीप्रति कडा आपत्ति जनाएको छ।

महासंघले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयमा ध्यानाकर्षण पत्र पठाएको छ।

महासंघका अनुसार, एसपी तामाङले शान्ति सुव्यवस्था कायम गर्नुभन्दा अवैध धन आर्जन गर्ने अवाञ्छित कार्यमा संलग्न भएको सार्वजनिक सूचनाहरू आएका छन्। यस्ता विषयमा समाचार लेख्ने पत्रकारहरूलाई अनावश्यक निगरानीमा राख्ने, प्रताडित गर्ने र दुश्मनी साँध्ने व्यवहार देखाएकाले जिल्लाको वातावरण बिग्रिने खतरा बढेको छ।

पछिल्लो समय महासंघका अध्यक्ष रमेश सुवेदीलाई एसपी तामाङको तस्करसँगको मिलिभगत सम्बन्धी समाचार लेखेको बदलामा मानसिक प्रताडना दिइएको महासंघको आरोप छ। सामान्य जाहेरीलाई आधार बनाएर तामाङले अध्यक्ष सुवेदीलाई दुई दिनसम्म मानसिक यातना दिनुका साथै जाहेरीकर्ताको पक्षमा वकालत गरेको महासंघले जनाएको छ।

यसैको विरोधमा पत्रकारहरूले हालै सम्पन्न ७०औँ प्रहरी दिवस विशेष कार्यक्रममा अनुपस्थित भएर सांकेतिक विरोध जनाएका थिए।

महासंघले प्रहरी प्रमुखको दम्भपूर्ण र बदलाभाव बोकेको व्यवहारले प्रहरी र पत्रकारबीच अनावश्यक तिक्तता बढाएको ठहर गर्दै, पत्रकारको सुरक्षा र निर्भीक पत्रकारिता गर्ने वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायलाई उपयुक्त कदम चाल्न विनम्र अनुरोध गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै