ट्रेन्डिङ

जसपाको अगुवा कार्यकर्ता भेला वीरगन्जमा सम्पन्न

वीरग्न्ज । जनता समाजवादी पार्टी (जसपा)ले पर्सा जिल्लामा आफ्नो सङ्गठनलाई चुस्त दुरुस्त बनाउन र आगामी राजनीतिक रणनीतिका लागि अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ।

आज बुधबार वीरगंजको टाउन हलमा सम्पन्न भएको यस कार्यक्रममा पार्टीका केन्द्रीयदेखि स्थानीय तहसम्मका नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमका मुख्य अतिथि तथा जनता समाजवादी पार्टीका केन्द्रीय उपमहासचिव पूर्वमन्त्रीले प्रदिप यादवले पार्टी सङ्गठन सुदृढीकरण, आगामी राजनीतिक रणनीति र जनतामुखी नीति निर्माणमा कार्यकर्ताहरूको भूमिका अपरिहार्य हुनेमा जोड दिए । उनले सम्पूर्ण कार्यकर्ताहरूलाई पार्टी एकता, अनुशासन र जनसेवामा केन्द्रित रहन आह्वान गरे ।

भेलामा केन्द्रीय सदस्य तथा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, जिल्ला समन्वय समिति प्रमुख अजय सर्राफ, केन्द्रीय सदस्यहरू पुरूषोत्तम लाल झा, मोहनलाल चौधरी, जनार्धन यादव, जनत अन्सारी, सलमा खातुन, मधु माया यादव लगायतका नेताहरूको उपस्थिति थियो।

भेलालाई सम्बोधन गर्दै वक्ताहरूले जसपा देशको सामाजिक न्याय, समानता र समृद्धिको पक्षधर रहेको उल्लेख गरे। मधेश र देशभरका जनतालाई सशक्त र स्वावलम्बी बनाउन कार्यकर्ताहरूले एकजुट भएर अघि बढ्नुपर्नेमा उनीहरूले जोड दिए।

जसपा पर्सा जिल्ला अध्यक्ष सिंघासन साह तेलीको अध्यक्षतामा सम्पन्न यस भेलामा अध्यक्ष तेलीले स्वागत मन्तव्य दिँदै वर्तमान राजनीतिक परिवेशमा जसपा सङ्गठनलाई जनस्तरमा अझ सुदृढ र सक्रिय बनाउनुपर्ने आवश्यकता औंल्याए । उनले स्थानीय समस्या समाधान र जनतामुखी नीति कार्यान्वयनका लागि पार्टीले सक्रिय अभियान चलाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

भेलामा सहभागी अगुवा कार्यकर्ताहरूले पार्टीको आगामी कार्यक्रम, सङ्गठन विस्तार, युवा परिचालन तथा जनसेवासम्बन्धी विस्तृत योजनाहरूमाथि छलफल गर्दै पार्टी नीतिप्रति पूर्ण आस्था व्यक्त गरे। यो भेलालाई जसपाले पर्सामा आफ्नो राजनीतिक आधारलाई थप बलियो बनाउने रणनीतिक तयारीका रूपमा लिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै