ट्रेन्डिङ

लोसपाको नेतृत्वमा नयाँ सरकार बन्ने सहमति, कुन दललाइ कति मन्त्रालय ?

अब एमाले–कांग्रेस बाहिर

जनकपुर । मधेश प्रदेशमा अब मधेश केन्द्रित दलहरूको नेतृत्वमा नयाँ सरकार बन्ने स्पष्ट संकेत मिलेको छ।

मंगलबार मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत प्राप्त गर्ने सुनिश्चितता नभएपछि राजीनामा दिएसँगै दलहरूबीच नयाँ सत्ता समीकरण बनाउने सहमति बनेको हो।

प्रदेश प्रमुखले बुधबार दिउँसो ४ बजेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न समय दिएकी छन्।

सो समयसीमाभित्र लोसपाको नेतृत्वमा मधेश केन्द्रित दलहरूले नयाँ सरकार गठनको तयारी अन्तिम चरणमा पुर्‍याएका छन्।

स्रोतका अनुसार पहिलो र दोस्रो ठूलो दल—नेकपा (एमाले) र नेपाली कांग्रेसलाई बाहिर राख्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच सत्ता साझेदारीको सहमति बनेको छ ।

यद्धपि, मन्त्रालय भागबन्डामा अझै तलमाथि हुन सक्ने गरी सहमति भएको बैठकमा सहभागी एक नेताले बताए ।

भागबन्डामा मन्त्रालयमा अझै केहि तलमाथि हुन सक्ने अनुमान गरिएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार जसपा नेपाल र जनमत पार्टीले चार–चार मन्त्रालय, लोसपाले मुख्यमन्त्रीसहित दुई मन्त्रालय, र माओवादी केन्द्र तथा एकीकृत समाजवादीले एक–एक मन्त्रालय पाउने प्रारम्भिक समझदारी भएको छ।

लोसपाका तर्फबाट मुख्यमन्त्रीका लागि जितेन्द्र सोनलको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको बताइएको छ।

सोही सहमति अनुसार अब केही बेरमा दाबी पेश गर्न दलहरु प्रदेश प्रमुखको कार्यालयमा जान लागेको जनाइएको छ ।

यो नयाँ गठबन्धनसँग प्रदेशसभामा ५६ सिटको स्पष्ट बहुमत हुनेछ—लोसपा (९), जसपा नेपाल (१९), जनमत पार्टी (१३), माओवादी केन्द्र (९) र एकीकृत समाजवादी (७)।

यसरी बनेपछि मधेश प्रदेशको राजनीतिक नेतृत्व मधेश केन्द्रित दलहरूको संयुक्त सहमतिमा पुग्नेछ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै