जनकपुरधाम । मधेश प्रदेश सभाको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ।
प्रदेश सभा सचिवालयले मङ्गलबार सूचना जारी गर्दै बैठक स्थगित गरिएको जानकारी दिएको हो। प्रदेश सभा सचिव वासु प्रसाद कोइरालाद्वारा जारी सूचनामा भनिएको छ,
मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार विश्वासको मत लिन आह्वान गरिएको प्रदेश सभा बैठकमै पदबाट राजीनामा दिएका थिए। त्यसलगत्तै सभामुख रामचन्द्र मण्डलले विश्वासको मतसम्बन्धी कार्यसूची हटाइएको जानकारी दिएका थिए।
राजीनामापछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै प्रदेश सभा बैठक स्थगित गरिएको सचिवालयले जनाएको छ।