ट्रेन्डिङ

सीके राउतको जनमत पार्टी विभाजन : ‘जनस्वराज पार्टी’लाई निर्वाचन आयोगबाट मान्यता

वीरगन्ज । डा. सीके राउत नेतृत्वको जनमत पार्टी औपचारिक रूपमा फुटेको छ।

जनमत पार्टीका असन्तुष्ट पक्षले जनस्वराज पार्टी (जस्वपा) नामक नयाँ दल गठन गरेका हुन्।

नवगठित जस्वपाको अध्यक्षमा दीपक कुमार साह रहेका छन्। साह यसअघि जनमत पार्टीका उपाध्यक्ष थिए, तर पार्टी नीतिविपरीत गतिविधि गरेको भन्दै उनलाई जनमतले साउन २२ गते साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो।

नयाँ पार्टी जनस्वराज पार्टी (जस्वपा)लाई निर्वाचन आयोगले मान्यता प्रदान गरेको छ। आयोगको मंगलबार बसेको बैठकले जस्वपालाई मान्यता दिँदै दल दर्ताका बाँकी प्रक्रिया पूरा गर्न निर्देशन दिएको आयोगका शाखा अधिकृत रुद्रवीर कार्कीले जानकारी दिए।

जस्वपाको झण्डामा निलो, सेतो र रातो रङको ठाडो धर्का रहनेछ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै