ट्रेन्डिङ

सुनको मुल्य एकैदिन ८,१०० रुपैयाँले बढ्यो, २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार

वीरगन्ज । नेपालमा सुन र चाँदीको मूल्यमा एकैदिन कीर्तिमानी उछाल आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ एकैदिन तोलामा ८ हजार १०० रुपैयाँले बढेर २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो। सोमबार छापावाल सुन २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा मूल्यमा आएको निरन्तर वृद्धिका कारण स्थानीय बजारमा पनि यो उच्च वृद्धि देखिएको हो।

यसैगरी, चाँदीको मूल्य पनि ह्वात्तै बढेर तोलामा २ हजार ३२५ रुपैयाँ पुगेको छ। सोमबार चाँदीको मूल्य तोलामा २ हजार २२० रुपैयाँ थियो। चाँदीको भाउमा भएको यो वृद्धि पनि कीर्तिमानी उच्च हो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै