ट्रेन्डिङ

मधेश प्रहरी प्रमुखमा डिआईजी गोविन्द थपलियाले सम्हाले कार्यभार

जनकपुरधाम। नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाले मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन्। उनी आज (आइतबार) कार्यालयमा हाजिर भएका हुन्।

​नेपाल सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको पदस्थापनसँगै मधेश प्रदेश प्रहरी प्रमुख परिवर्तन भएका हुन्।

​यसअघि मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका उमाप्रसाद चतुर्वेदी एआईजीमा बढुवा भई हाल कार्य विभागमा पदस्थापन भएका छन्। उनको ठाउँमा गृह मन्त्रालयले डीआईजी गोविन्द थपलियालाई मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिएर सरुवा गरेको हो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै