ट्रेन्डिङ

चुनावी माहौल बनाउन राष्ट्रपतिले बोलाए सर्वदलीय बैठक

वीरगन्ज । राष्ट्रपति रामचन्द्र पौडेलले देशमा चुनावी प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा राजनीतिक दलहरूसँग संवाद गर्न आज सर्वदलीय बैठक आह्वान गरेका छन्।

निर्वाचनको कार्यतालिका समेत सार्वजनिक भइसकेको अवस्थामा सरकार र प्रमुख राजनीतिक शक्तिहरूबीच संवादको कमी महसुस भएपछि राष्ट्रपतिले दिउँसो ४ बजेका लागि प्रधानमन्त्री सुशीला कार्कीसहित सबै दलका नेताहरूलाई शीतल निवासमा बोलाएका हुन्।

यसअघि, हिजो राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच महत्त्वपूर्ण भेटवार्ता भएको थियो। सो भेटमा राष्ट्रपति पौडेलले प्रधानमन्त्रीलाई निष्पक्ष र शान्तिपूर्ण निर्वाचनको लागि राजनीतिक वातावरण तयार पार्न र दलहरूबीच सहमति जुटाउन सुझाव दिएका थिए।

जवाफमा, प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगले आफ्नो तयारी तीव्र पारेको र सरकारले पनि चुनाव सम्पन्न गर्न आवश्यक सबै कानुनी तथा भौतिक तयारी गरिरहेको जानकारी राष्ट्रपतिलाई गराएकी थिइन्।

आजको सर्वदलीय बैठकलाई आसन्न निर्वाचनलाई सुमधुर राजनीतिक सहमति र सहकार्यका साथ सम्पन्न गर्नका लागि वातावरण बनाउने प्रयासका रूपमा हेरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै