वीरगन्ज । दशैं बिदा सकिएपछि नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, दशैंका कारण केही दिन मूल्य समायोजन नहुँदा एकैपटक ठूलो वृद्धि देखिएको हो।
आज सोमबार सुनको भाउ प्रतितोला २ लाख ३३ हजार १०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। दशैंअघि असोज १२ गते २ लाख २३ हजार २०० रुपैयाँ रहेकोमा यो मूल्य ९ हजार ९ सय रुपैयाँले बढेको हो।
आइतबारको तुलनामा पनि आज सुनको भाउमा २ हजार २०० रुपैयाँको वृद्धि आएको छ। आइतबार सुन २ लाख ३० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको भाउ पनि बढेको छ। दशैंपछि चाँदी प्रतितोला १५० रुपैयाँले बढेर आज २ हजार ९६० रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा आज चाँदी ३० रुपैयाँले महँगिएको हो।