ट्रेन्डिङ

आज कुन-कुन प्रदेशमा भारी वर्षाको सम्भावना ?

काठमाडौँ । हाल देशभर मनसुनी र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसै कारण बिहीबार सबै प्रदेशमा सामान्यतया बदली रहने अनुमान गरिएको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भाग, साथै मधेस प्रदेशका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ।

त्यस्तै, बाँकी प्रदेशका पहाडी र तराई क्षेत्रका थोरै स्थानमा पनि वर्षा हुने अनुमान छ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहने छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान छ भने कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै