ट्रेन्डिङ

घरमा धेरै नगद नराख्न र सकेसम्म डिजिटल कारोबार अपनाउनुस् : अर्थ मन्त्रालय

वीरगन्ज । अर्थ मन्त्रालयले ठूलो परिणामको नगद घरमा लुकाएर नराख्न सर्वसाधारणलाई आग्रह गरेको छ।

मन्त्रालयले एक सूचनामार्फत सम्भव भएसम्म सबै कारोबारमा विद्युतीय भुक्तानी (डिजिटल ट्रान्जेक्सन) प्रणाली अपनाउन प्रोत्साहित गरेको छ।

मन्त्रालयको यो निर्देशनले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानलाई थप बल पुर्‍याउने देखिन्छ। विभिन्न व्यक्तिहरूले स्रोत नखुलेको ठूलो रकम घर वा अन्य ठाउँमा लुकाएर राखेको भन्दै अहिले सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरिरहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले वैध र कानूनी रूपमा आर्जन भएको आम्दानीलाई भने आफूसँग राख्न कुनै बाधा नरहेको प्रष्ट पारेको छ। तर, सम्पत्ति शुद्धीकरण निवारण गर्नका लागि सबै नागरिकलाई डिजिटल भुक्तानीको माध्यम प्रयोग गर्न र ठूलो मात्रामा नगद घरमा भण्डारण गर्ने जोखिमबाट बच्नका लागि यो आग्रह गरिएको हो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै