ट्रेन्डिङ

काठमाडौं काष्ठमण्डप नजिक भीषण आगलागी

काठमाडौं । काठमाडौंको काष्ठमण्डप परिसर नजिकै आज बिहान भीषण आगलागी भएको छ।

बिहान करिब ३ बजेदेखि सुरु भएको आगो अहिलेसम्म पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन।

स्थानीयका अनुसार आगोले तीनवटा घर र नजिकैको मन्दिरलाई समेत चपेटामा लिएको छ।

प्रारम्भिक जानकारीअनुसार आगलागी नजिकैको कपडा गोदामबाट सुरु भएको अनुमान गरिएको छ, तर वास्तविक कारण भने अहिलेसम्म पुष्टि भएको छैन।

आगो नियन्त्रणका लागि काठमाडौं महानगर र ललितपुर महानगरका दमकलहरू निरन्तर प्रयोग भइरहेको छ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र काठमाडौं महानगर प्रहरीको टोली पनि सक्रिय रूपमा आगो निभाउने कार्यमा जुटेका छन्।

घना बस्ती र पुरातात्त्विक महत्वको क्षेत्र भएकाले आगलागी थप फैलिन सक्ने जोखिम कायम रहेको छ।

स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम पनि सुरु गरिएको छ।

दमकल र सुरक्षाकर्मीको प्रयास जारी भए पनि बिहानैदेखि चलिरहेको आगोले क्षति कति पुर्‍याएको हो भन्नेबारे विस्तृत विवरण भने आउन बाँकी छ।

Screenshot

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै