वीरगन्ज । पर्साको भिष्वामा–५ मा बिहीबार राति गोली प्रहार भएको छ।
घटना क्रममा सोही वडाका करिब १७ वर्षीय गोलु आलम घाइते भएको पर्सा प्रहरी प्रमुख एसपी सुदीपराज पाठकले जानकारी दिएका छन्।
एसपी पाठकका अनुसार साँझतिर भएको गोली प्रहारको कारण स्पष्ट हुन सकेको छैन।
तर प्रहरी स्रोतका अनुसार स्थानीय युवाबीचको विवादका क्रममा गोली चलेको प्रारम्भिक अनुमान गरिएको छ।
घाइते आलमको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
यस घटना सम्बन्धमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।
विस्तृत विवरण अनुसन्धानपछि मात्र सार्वजनिक गरिने प्रहरीको भनाइ छ।