वीरगन्ज । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पदबाट राजीनामा दिएका छन्।
जेनजी आन्दोलनले ल्याएको राजनीतिक परिवर्तनको मागलाई सम्बोधन गर्न र पार्टीलाई रूपान्तरण गर्नका लागि उनले अध्यक्ष पद त्यागेको पार्टीले जनाएको छ।
बुधबार काठमाडौँमा बसेको पार्टीको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा भट्टराईले राजीनामाको घोषणा गरेका हुन्। पार्टी प्रवक्ता कृष्ण शर्माका अनुसार यो कदम पार्टीको पुनर्गठन र ‘नयाँ शक्ति’को रूपमा पुनःस्थापित गर्ने प्रयासको हिस्सा हो।
भट्टराईको राजीनामापछि अब पार्टी विशेष महाधिवेशनमा जाने भएको छ। महाधिवेशनको तयारीका लागि दुर्गा सोबको संयोजकत्वमा एक महाधिवेशन आयोजक कमिटी पनि गठन गरिएको छ।
यो कदमलाई जेनजी आन्दोलनले नेपाली राजनीतिक दलहरूमा पार्न थालेको दबाबको प्रत्यक्ष परिणामका रूपमा हेरिएको छ।