ट्रेन्डिङ

मधेस मुख्यमन्त्री सिंहको प्रष्टोक्ति: ‘सङ्घीयता बचाउन नेतृत्व गरिरहेको हुँ’

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आफू आजीवन मुख्यमन्त्री बन्ने मोहले होइन, सङ्घीयताको रक्षा गर्ने जिम्मेवारीसहित नेतृत्व गरिरहेको बताएका छन्।

प्रदेशसभाको आजको बैठकमा बोल्दै मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमार्फत आएको राजीनामा सम्बन्धी चर्चाबारे प्रष्ट पार्दै भने, “सङ्घीयता जलिरहेको बेला म भागेर लुक्ने व्यक्ति होइन। त्यतिबेला सामाजिक सञ्जालमा राजीनामा राख्न भनिएको थियो, तर राजीनामा मान्य हुन प्रदेश प्रमुखलाई बुझाउनुपर्ने हुन्छ। अहिलेको समय एकजुट हुने हो, सङ्घीयतालाई बचाउनु हो।”

सिंहले आवश्यकता परे आफू मार्ग प्रशस्त गर्न तयार रहेको पनि दोहोर्याए।

बैठकमा जनमत पार्टी मधेस प्रदेश संसदीय दलका नेता महेश प्रसाद यादवले मुख्यमन्त्री सिंहमाथि कटाक्ष गर्दै भने, “मान्छे जब आफ्नो पद र दायित्व बिर्सन्छ, तब आन्दोलन हुन्छ। यस्ता पदभ्रष्ट व्यक्तिलाई माता दुर्गाले सद्बुद्धि प्रदान गरुन्।” उनले जनमत पार्टी अब विपक्षी बेन्चमा बसेर पनि सङ्घीय लोकतान्त्रिक व्यवस्थाको पक्षमा जिम्मेवार ढङ्गले अघि बढ्ने बताए।

मधेस प्रदेशसभाको अर्को बैठक असोज ८ गते दिउँसो १ बजे बस्ने छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै