काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ । मंगलबार नेपाली बजारमा सुनको मूल्य २ लाख २१ हजारले नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मात्रै अघिल्लो दिनको तुलनामा सुनको मूल्य ३ हजार ९ सय रुपैयाँ बढेको हो ।
जसअनुसार मंगलबार सुनको मूल्य प्रतितोलामा २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ । यद्यपी, अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँ थियो ।
आज कायम भएको सुनको मूल्य रेकर्ड कायम गरेको छ । हालसम्मकै उच्च हो ।
यसैबिच चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ६६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ६८० रुपैयाँ पुगेको हो ।