ट्रेन्डिङ

लागु औषध गाँजाले भरिएको मिनी ट्रकसहित एकजना पक्राउ

बारा । बारा प्रहरीले आज लागु औषध गाँजाले भरिएको मिनी ट्रकसहित एक जनालाइ पक्राउ गरेको छ ।

प्रहरीले विशेष सूचनाको आधारमा २३६ किलो ७५० ग्राम गाँजा सहित एक मिनि ट्रक र चालकलाई पक्राउ गरेको हो ।

जिल्लाको अमलेखगंजबाट खटिएको टोलीले जीतपुरसिमरा उप-महानगरपालिका–२१ कार्यालय अगाडिको चेकपोइन्टमा मकवानपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा २ ख ९५६९ नम्बरको मिनि ट्रक जाँच गरेको थियो ।
सोही क्रममा उक्त गाँजा फेला परेको बारा प्रहरी प्रमुख सन्तोष तामाङ्ले बताए । उनका अनुसार ट्रकको छतमा सिलिङ गरी फल्स बटम (भित्री भाग) बनाएर प्लास्टिकमा प्याक गरि लुकाइराखिएको अवस्थामा गाँजा बरामद गरिएको थियो ।

गाँजासिहत चालक मकवानपुर जिल्ला, कैलाश गाउँपालिका–१० का ३८ वर्षीय रमेश रुम्बालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै