ट्रेन्डिङ

अशोक राई र रिजवान अन्सारीबीच विशेष भेट, कार्यगत एकताबाट पार्टी एकताको तयारी

वीरगन्ज । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई र नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मोहम्मद रिजवान अन्सारीबीच राजनीतिक सहकार्यलाई सुदृढ गर्ने उद्देश्यले लामो भेटवार्ता भएको छ।

करिब डेढ घण्टा चलेको भेटमा दुई नेताले मुलुकको वर्तमान राजनीतिक अवस्था, हालैको जेनजी आन्दोलन, संसद् विघटन र अन्तरिम सरकारको घोषणाबारे गम्भीर छलफल गरेका छन्।

भेटवार्ताका क्रममा फागुन २१ गते तोकिएको निर्वाचन र आन्दोलनका मागहरूलाई सम्बोधन गर्ने संवैधानिक बाटोबारे पनि विचार विमर्श भएको बताइएको छ। दुवै नेताले देशलाई लोकतान्त्रिक मूल्य, सामाजिक न्याय र समावेशी राज्यव्यवस्थाको बाटोमा अगाडि बढाउने साझा प्रतिबद्धता व्यक्त गरे।

भेटमा दुई पक्षबीच तत्काल कार्यगत सहकार्यलाई अगाडि बढाउँदै, क्रमशः मोर्चा निर्माण र अन्ततः पार्टी एकतासम्म पुग्ने रणनीतिमा छलफल गर्ने सहमति भएको छ। उनीहरूले पहिचान, संघीयता, धर्मनिरपेक्षता र संघीय लोकतान्त्रिक गणतन्त्रजस्ता संविधानका उपलब्धिलाई जोगाउँदै थप उपलब्धि हासिल गर्नका लागि एक शक्तिशाली राजनीतिक शक्ति निर्माण गर्नु अपरिहार्य रहेको औंल्याएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै