ट्रेन्डिङ

सप्तकोशीको ३५ ढोका खुल्ला, बालियो ‘रेड लाइट’

काठमाण्डौँ । सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएको छ ।

पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाका कारण नदीमा पानीको बहाव बढ्दै गएको हो ।

बुधबार साँझदेखि कोसी ब्यारेज भएर बग्ने यस नदीको पानीको बहावमा वृद्धि भइरहेको प्रहरीले जनाएको छ । राति १० बजेको मापनअनुसार दुई लाख ५१ हजार ८६५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव छ । यसअघि राति ८ बजे नदीमा दुई लाख ४८ हजार २०० क्युसेक प्रतिसेकेन्ड बहाव थियो ।

पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५२ वटा मूल र चार वटा नहरको गरेर ५६ वटा ढोकामध्ये ३५ वटा ढोका खुल्ला गरिएका छन् भने खतरास्वरुप रातो बत्ती अर्थात् ‘रेड लाइट’ बालिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै