ट्रेन्डिङ

वीरगन्जमा चाडपर्व लक्षित ‘सुपथ मूल्यका पसल’ सन्चालनमा

वीरगन्ज । खाद्य तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगन्ज र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड वीरगन्ज कार्यालयले सुपथ मुल्यका पसल सन्चनलनमा ल्याएको छ ।

कार्यालयले नजिकिँदै गरेको दसैँ, तिहार लगायतका चाडपर्व लक्षित गर्दै भदौ ३० गतेदेखि यस्ता पसल सन्चालनमा ल्याएको हो । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड वीरगन्जका सूचना अधिकारी सञ्जयकुमार गुप्ताका अनुसार सुपथ मूल्यका पसल कात्तिक १० गतेसम्म सन्चालनमा रहनेछन् ।

दसैँदेखि छठ पर्वलाई लक्षित गरेर यहाँबाट बिक्री हुने नुनमा प्रतिकिलोग्राम रु दुई छुट दिने निर्णय गरेको उनले बताए । ‘एक जना सर्वसाधारणले एक पटकमा छ किलोग्राम खरिद गर्न सक्नुहुनेछ । ग्राहकले प्रतिकिलोग्राम नुन रु २४ लाग्नेछ, ‘ उनले भने ।

त्यसैगरी सहुलियत छुट मूल्य पसल २०८२ सञ्चालनमा ल्याएको छ । कार्यालयले चाडपर्वको अवसरमा प्रतिकिलोग्राम रु पाँच छुट दिएको जनाएको छ । कार्यालयले स्टिम जिरा मसिनो चामल, अरुवा सोना मन्सुली चामल, अरुवा मोटा चामल र चिनीमा प्रतिकिलोग्राम रु पाँच छुट दिएको जनाएको छ ।

पच्चीस किलोग्राम जिरा मसिनो चामलको बोरालाई रु २१ सय, अरुवा सोना मन्सुली चामलप्रति २५ किलोग्रामको बोरालाई रु १४५० मूल्य तोकिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै