ट्रेन्डिङ

मन्त्रिपरिषद्मा ११ जनाको सानो टिम, राजनीतिक दललाई ‘नो इन्ट्री’

वीरगन्ज । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो नेतृत्वमा बन्ने मन्त्रिपरिषद्मा ११ जनाभन्दा बढी मन्त्री नराख्ने बताएकी छिन्।

उनले अब नियुक्त हुने मन्त्रीहरू कुनै पनि राजनीतिक दलसँग सम्बन्धित नहुने स्पष्ट पारेकी छन्।

बीबीसी नेपाली सेवासँगको विशेष अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्को संरचनाबारे जानकारी दिँदै भनिन्, ‘मन्त्रिपरिषद् करिब १० देखि ११ जनाको हुनेछ र व्यक्तिको क्षमता हेरेर मन्त्री पद दिइनेछ।’

उनले तीन जना मन्त्री नियुक्त भइसकेको र अब थपिने मन्त्रीहरूमा समावेशिताको सिद्धान्तअनुसार व्यक्ति खोजिने बताएकी छन्। ‘राजनीतिमा नभएका, गैर–राजनीतिक व्यक्ति र विभिन्न संस्थामा काम गरेका अनुभवीहरूलाई ल्याउने सोच छ,’ उनले भनिन्।

राजनीतिक आबद्धता भएका व्यक्तिहरूलाई मन्त्रिपरिषद्मा राख्दा चुनावको काममा ध्यान केन्द्रित गर्न नसकिने भएकाले चुनाव नलड्ने व्यक्तिहरूलाई मन्त्री बनाइने प्रधानमन्त्री कार्कीको भनाइ छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै