जनकपुर । जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिएको छ ।
मधेस प्रदेश प्रमुखलाइ औपचारिक पत्र लेख्दै सरकारबाट बाहिरिने घोषणा गरेको हो ।
सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ ।
जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले आज मधेश प्रदेश प्रमुखलाई पत्र पठाउँदै समर्थन फिर्ता लिएको जानकारी गराएका हुन्।
पत्रमा उल्लेख भएअनुसार जनमत पार्टीले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको र सो पार्टीका मुख्यमन्त्री तथ मन्त्रीहरुलाइ फिर्ता बोलाउने भएको छ ।
पछिल्लो राजनीतिक परिस्थिति र आन्तरिक निर्णयअनुसार समर्थन फिर्ता लिएको पत्रमा उल्लेख गरिएको छ।
