वीरगन्ज । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो नेतृत्वमा बनेको अन्तरिम सरकारलाई पूर्णता दिन मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् ।
आज दिनभर आन्तरिक छलफल गरेर मन्त्रीहरूको नाम टुंगो लगाउने र भोलि नयाँ मन्त्रीहरूलाई शपथ गराउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
अन्तरिम सरकारको प्रधानमन्त्रीको जिम्मेवारी पाएलगत्तै कार्कीले आफ्नो टिममा को–को रहने भन्ने विषयमा सहयोगीहरूसँग परामर्श गरिरहेकी छन् । पूर्वप्रधानन्यायाधीश कार्की शुक्रबार मात्रै अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन् । उनले अब बन्ने मन्त्रिपरिषद्मा नयाँ अनुहार र योग्य व्यक्तिहरूलाई प्राथमिकता दिने अनुमान गरिएको छ।