ट्रेन्डिङ

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन घोषणा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका छन् ।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा शुक्रबार राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटनको घोषणा गरेका हुन् ।

प्रधानमन्त्री नियुक्त भएपछि कार्कीले पहिलो निर्णयकै रुपमा प्रतिनिधिसभा विघटनको प्रस्ताव पेस गरेकी थिइन् ।

सो प्रस्तावलाई राष्ट्रपति पौडेलले सदर गरेका हुन् ।

त्यससँगै आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने मिति तोकिएको छ ।

प्रधानमन्त्री कार्कीको सिफारिसमा तय भएको उक्त मिति राष्ट्रपतिको कार्यालय, शीतल निवासले विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै