ट्रेन्डिङ

सुशीला कार्की अन्तरिम सरकारको प्रमुख बन्ने, आजै ९ बजे शपथ

काठमाडौँ । देशमा उत्पन्न असामान्य परिस्थितिमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने सहमति जुटेको छ ।

सहमति अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै नियुक्त ९ बजे शपथ गराउने तयारी भएको छ ।

राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखरेलका अनुसार शपथ ग्रहणका लागि तयारी भइसकेको छ ।

यसअघि नयाँ सरकार गठनबारे छलफल गर्न कार्कीसहित जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्याल शीतलनिवास पुगेका थिए ।

यद्यपि, संसद् विघटन गर्ने वा नगर्ने भन्ने विषयमा भने अन्तिम सहमति भइसकेको छैन । ‘कार्कीको नियुक्तिसँगै यसबारे औपचारिक निर्णय सार्वजनिक हुनेछ,’ पोखरेलले बताए ।

स्रोतका अनुसार, जेनजी अभियन्ताले राष्ट्रपति कार्यालय घेराउ गर्ने चेतावनी र सेना प्रमुख अशोकराज सिग्देलद्वारा संकटकाल लगाउने सम्भावनाले राष्ट्रपति पौडेल आफ्नो अडानबाट पछि हटेका हुन् ।

यसअघि, जेनजी आन्दोलनको तीव्र दबाबपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पदबाट राजीनामा दिएका थिए ।

असामान्य परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपति पौडेलले सो राजीनामा सोही दिन स्वीकृत गरेका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै