ट्रेन्डिङ

वीरगन्ज भन्सारमा कर्मचारीको अभाव, जेनजी आन्दोलनपछि एक हजार मालवाहक गाडी अलपत्र

वीरगन्ज । देशमा जारी राजनीतिक अस्थिरता र सुरक्षा अभावका कारण नेपालको प्रमुख भन्सार नाका वीरगन्जमा हजारौं मालवाहक गाडीहरू थन्किएका छन्।

जेनजी आन्दोलनपछि कर्मचारीहरू कार्यालयमा अनुपस्थित हुँदा जाँचपास र सुरक्षाको अभावमा करिब एक हजार मालवाहक सवारीसाधन वीरगन्जस्थित एकीकृत जाँच चौकी (आईसिपी) र ड्राइपोर्टको पार्किङ स्थलमा रोकिएका छन्।

भारतको मध्य प्रदेशबाट धनियाँ लिएर आएका चालक फिरोज खानले आफ्नो गाडी ६ दिनदेखि भन्सारमा रोकिएको बताए। उनले भने, ‘आन्दोलनको अघिल्लो दिन आइपुगेको थिएँ। ६ दिनदेखि गाडी भन्सारमै थन्किएको छ। अब सामान बिग्रिने सम्भावना छ र हामीलाई पनि खान–बस्न गाह्रो भइरहेको छ।’ उनले पार्किङस्थलमा एक हजारभन्दा बढी गाडी रोकिएको जानकारी दिए।

यस्तै, भारतको उत्तर प्रदेशबाट कुखुराको दाना लिएर आएका चालक अनुज कुमारले आफ्नो गाडीको भन्सारसम्बन्धी काम पूरा भए पनि सुरक्षा नभएकोले हेटौँडासम्म जान नसकेको बताए। राजस्थानबाट काठमाडौँका लागि काठको सामान बोकेका चालक रवि बैनाको समस्या पनि उस्तै छ। उनले पाँच दिनदेखि यहीँ बसिरहेको र राजस्थानबाट मात्र ३५ वटा गाडी रोकिएको जानकारी दिए।

यता, वीरगन्ज भन्सार कार्यालयका प्रमुख विष्णु प्रसाद ज्ञवालीले भने रोकिएका गाडीहरूलाई गन्तव्यमा पठाउने काम भइरहेको दाबी गरेका छन्। उनले भने, ‘हिजो पनि औषधि, ग्यास र खाद्यान्न बोकेका गाडीहरू पठाइयो। आज साँझ पनि पठाउने तयारी भइरहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै