ट्रेन्डिङ

वीरगन्ज–रक्सौल नाकामा कडाइ, परिचयपत्र देखाएर दुवै देशका नागरिकलाई आवागमनको अनुमति

वीरगन्ज । आन्दोलनपछि देशमा उत्पन्न भएको राजनीतिक शून्यता र सुरक्षा चुनौतीका बीच नेपाल–भारतको प्रमुख नाका वीरगन्ज–रक्सौलमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

देशैभर सेनाले सुरक्षाको जिम्मा लिएर कर्फ्यू र निषेधाज्ञा जारी गरेपछि दुवै देशका नागरिकको आवागमनलाई व्यवस्थित बनाइएको हो।

सोमबारको आन्दोलनमा भएको दमनपछि मंगलबारको प्रदर्शन झन् उग्र बनेको थियो। यस क्रममा संसद भवन, सिंहदरबार, शीतलनिवास, सर्वोच्च अदालत र विभिन्न राजनीतिक दलका नेताका घर तथा पार्टी कार्यालयहरूमा समेत आगजनी भएको थियो। यो विध्वंसपछि मंगलबार राति १० बजेदेखि नेपाली सेनाले देशको सुरक्षा व्यवस्था आफ्नो हातमा लिएको छ।

यद्यपि, वीरगन्ज–रक्सौल नाका पूर्ण रूपमा बन्द गरिएको छैन। भारतबाट नेपाल आउने नेपाली नागरिक र नेपालमा फसेका भारतीय नागरिकहरूलाई परिचयपत्र देखाएर आ–आफ्नो देश फर्कन अनुमति दिइएको छ। यसले संकटको घडीमा पनि अत्यावश्यक आवागमनलाई सहज बनाएको छ। सडकमा छिटपुट चहलपहल बढे पनि सुरक्षाकर्मीहरू उच्च सतर्कताका साथ तैनाथ रहेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै