ट्रेन्डिङ

संविधान बचाउन पर्साका पत्रकारहरूको मौन प्रदर्शन, संकटको समाधान संवैधानिक बाटोबाट खोज्न दबाब

वीरगन्ज । देशमा जेनजी आन्दोलनले निम्त्याएको राजनीतिक शून्यता र अन्योलको अवस्थालाई सम्बोधन गर्न पर्साका पत्रकारहरूले संविधानलाई टेकेर निकास खोज्न मौन प्रदर्शन गरेका छन्।

नेपाल पत्रकार महासंघ, पर्सा शाखाको आह्वानमा भएको यो प्रदर्शनमा करिब दुई दर्जन पत्रकारहरूको सहभागिता रहेको थियो।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालको नेतृत्वमा पत्रकारहरूले देशलाई ठूलो दुर्घटनाबाट जोगाउनका लागि जेनजी का मागहरूलाई संविधानको दायराभित्रै रहेर सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले वर्तमान संवैधानिक व्यवस्थालाई नै आधार मानेर देशलाई अगाडि बढाउनुपर्ने माग राखेका छन्।

प्रदर्शनमा महासंघका केन्द्रीय सचिव अशोक तिवारी र केन्द्रीय लेखा संयोजक केसी लामिछाने सहित विभिन्न राजनीतिक दल निकट पत्रकार संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। देशको वर्तमान संकटको समाधानका लागि चिन्तित रहेको र शान्तिपूर्ण तथा संवैधानिक बाटोबाट नै समाधान खोज्नुपर्छ भन्ने सहभागी पत्रकारहरुको धारणा रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै