ट्रेन्डिङ

जेनजीको माग सम्बोधन गरियोस् : ‘प्रगतिशील युवा संघ

वीरगन्ज । प्रगतिशील युवा संघ, नेपालले जेनजी आन्दोलनको समर्थन गर्दै आन्दोलनमा भएको हिंसा र अराजकताको भने विरोध जनाएको छ।

संघले आज जारी गरेको एक विज्ञप्तिमा, युवा आन्दोलनको दिशा स्पष्ट नहुँदा यसमा ‘घुसपैठ’ भएको र यसको फाइदा अरूले लिन खोजेको आरोप लगाएको छ।

विज्ञप्तिमा, संघले आन्दोलनका क्रममा सहिद भएका युवाहरूलाई श्रद्धाञ्जलि दिँदै उनीहरूको बलिदान व्यर्थ हुन नदिने प्रतिबद्धता जनाएको छ। साथै, सिंहदरबार, राष्ट्रपति भवन, संसद भवन र सर्वोच्च अदालत लगायतका ठाउँमा भएको आगजनी र तोडफोडको घोर भर्त्सना गर्दै यसलाई ‘अत्यन्तै दुःखद र निन्दनीय’ कार्यको संज्ञा दिएको छ।

विदेशी प्रभावबाट देशको सार्वभौमिकता जोगाउँदै संविधान र संघीय गणतन्त्रको रक्षाका लागि सबै एकजुट हुनुपर्ने, हालको संसद विघटन गरी गैरराजनीतिक, युवा र नागरिक समाजका प्रतिनिधि सम्मिलित अन्तरिम सरकार गठन गर्नुपर्ने, नयाँ सरकारको मन्त्रिपरिषद्को नेतृत्व ५० वर्ष ननाघेको निष्पक्ष र सक्षम व्यक्तिले गर्नुपर्ने र यसमा विज्ञहरूलाई समेटेर सानो आकारको बनाउनुपर्ने, अन्तरिम सरकारले ६ महिनाभित्र नयाँ निर्वाचनको घोषणा गर्ने र निर्वाचन लड्न तथा प्रधानमन्त्री–मन्त्री बन्न उमेरको हद क्रमशः ५५ र ५० वर्ष तोकिनुपर्ने, फास्ट–ट्र्याकमा छानबिन समिति गठन गरी राष्ट्रपतिदेखि कर्मचारी र उद्योगपतिसम्मको सम्पत्ति जाँच गर्नुपर्ने र अवैध सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने, सबै पार्टीका ६० वर्षभन्दा माथिका नेताहरूले संरक्षकको भूमिकामा रहनुपर्ने वा राजनीतिबाट सन्यास लिनुपर्ने माग राखेको छ ।

संघका अन्तरिम संयोजक के.के. बिष्टले आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूलाई तत्काल रिहा गर्नुपर्ने र घाइतेको उपचार तथा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेमाग गरेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै