ट्रेन्डिङ

देशभरी कर्फ्यु खुकुलो, जनजीवन सामान्य बन्दै

वीरगन्ज । काठमाडौं उपत्यकालगायत देशभर आज दिउँसो नेपाली सेनाले कर्फ्यु हटाएपछि जनजीवन सामान्य बन्दै गएको छ।

बिहानैदेखि सडकमा चहलपहल बढेको छ र मानिसहरू आफ्ना दैनिक काममा फर्किएका छन्।

सेनाले अत्यावश्यक कामका लागि बिहान ६ देखि ११ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्मको समय छुट्याएको छ। यो समयमा दैनिक उपभोग्य वस्तु किनमेल, धार्मिक तथा सांस्कृतिक परम्पराका लागि हिँड्डुल, कर्मचारीहरूलाई कार्यस्थलमा जान र फर्कन तथा अन्य अत्यावश्यक कामका लागि मात्र आवागमनको अनुमति दिइएको छ। यद्यपि, जुलुस, धर्ना, र प्रदर्शनलाई भने पूर्ण रूपमा निषेध गरिएको छ।

आज दिनभर कर्फ्यु नलागे पनि, बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ। फेरि बेलुकी ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु लाग्नेछ।

यसैबीच, सैनिक मुख्यालयले बिहीबार साँझदेखि नै सुरक्षा व्यवस्था कडा पारेको थियो र उपत्यका पृतना तथा सैनिक प्रहरीलाई चेकजाँचमा कडाइ गर्न निर्देशन दिएको थियो। अत्यावश्यक सेवाको नाममा अनावश्यक मानिसहरूको घुसपैठ हुन सक्ने सम्भावनालाई गम्भीरतापूर्वक लिन पनि भनिएको छ।

काठमाडौँ उपत्यकाको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै, वीरगन्ज लगायत देशका प्रमुख शहर र नाकाहरूमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ। सम्भावित अप्रिय घटनालाई रोक्नका लागि स्थानीय प्रशासन र सुरक्षा निकायहरू सतर्क अवस्थामा छन्। उपत्यकामा लगाइएको कर्फ्युको असर देशव्यापी रूपमा नपरोस् भनेर पनि आवश्यक तयारी गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै