ट्रेन्डिङ

आन्तरिक छलफलमा जुटे दलहरु, राष्ट्रपति भवनमा तय भएको बैठक केही घण्टालाई सारियो

वीरगन्ज । राष्ट्रपति भवनमा अन्तरिम सरकार गठनको विषयमा बिहान ९ बजेका लागि तय भएको छलफल केही घण्टाका लागि स्थगित भएको छ।

स्रोतका अनुसार, केही पक्षहरूले आ–आफ्नो समूहमा आन्तरिक परामर्श गर्नुपर्ने भएकाले समय सारिएको हो।

यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले हिजो राति अबेरसम्म विभिन्न पक्षहरूसँग छलफल गरेका थिए । दलहरूले संसद विघटन नगरी नयाँ प्रधानमन्त्री नियुक्त गर्नुपर्ने अडान राखेका छन् भने आन्दोलनरत जेनजी समूहले भने संसद विघटनको पक्षमा आफ्नो आवाज बुलन्द गरेको छ। संविधानअनुसार, संसदको सदस्य नभएको व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने प्रावधानले यो विषयलाई झनै जटिल बनाएको छ।

आन्दोलनरत समूह र राजनीतिक दलहरूबीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने विषयमा सहमति जुटेको छ। यद्यपि, संसदबाट उनलाई कसरी अनुमोदन गर्ने भन्ने विधिमा भने अझै मतभेद जारी छ। यो मतभेदले समाधानको बाटोमा अवरोध सिर्जना गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै