ट्रेन्डिङ

कारागारबाट भागेका पूर्वमन्त्री संजय साह ‘टकला’सहित १७ जना पक्राउ

वीरगन्ज । जेनजी आन्दोलनको दोस्रो दिन नख्खु कारागारबाट भागेका पूर्व राज्यमन्त्री सञ्जय साह ‘टकला’ काभ्रेको मंगलटारबाट पक्राउ परेका छन्।

उनलाई भाग्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय मंगलटारका इन्चार्ज ईश्वर कार्कीको टोलीले पक्राउ गरेको हो।

जनकपुर बम काण्डका दोषी ठहर भएका टकलामाथि सञ्चार उद्यमी अरुण सिंहानियाको हत्या र अकुत सम्पत्ति आर्जन गरेको अभियोग पनि छ। उनीसँगै कारागारबाट भागेका १७ जना अन्य कैदीहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ।

जेनजी आन्दोलनले देशभर अराजकता फैलिएको र यही मौकामा सुरक्षा व्यवस्था कमजोर भएको फाइदा उठाउँदै कैदीहरू भागेका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै