ट्रेन्डिङ

सामाजिक सञ्जालमा खोजिभएपछि राष्ट्रपति पौडेलको अपिल : संवैधानिक निकास खोज्ने प्रयासमा छु

वीरगन्ज । सामाजिक सञ्जालमा राष्ट्रपति रामचन्द्र पौडेलको ‘खोजी’ हुन थालेपछि उनले मुलुकको वर्तमान विषम परिस्थितिमा सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै शान्ति र सुव्यवस्था कायम गर्न सहयोगको लागि अपिल गरेका छन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको जानकारी दिएका छन् ।

राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्रको संरक्षण र शान्ति कायम राख्नका लागि आफूले निरन्तर विचार विमर्श र हरसम्भव पहल गरिरहेको बताएका छन् । उनले आन्दोलनरत नागरिकहरूको मागलाई सम्बोधन गर्नका लागि छिटोभन्दा छिटो समस्याको समाधान खोजिने कुरामा विश्वस्त रहन पनि सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै