ट्रेन्डिङ

मधेस राजधानी जनकपुरका विद्यालय बन्द

वीरगन्ज । मधेस प्रदेश राजधानी जनकपुरधाम उपमहानगरपालिका अन्तर्गतका विद्यालयमा पठनपाठन ठप्प भएका छन् ।

निजी विद्यालयहरूको छाता सङ्गठन प्याब्सन र नेशनल प्याब्सन जनकपुरधामले त्यहाँका विद्यालय तथा क्याम्पसमा अनिश्चिकालिन रुपमा पठनपाठन बन्द गरेका हुन् ।

बुधबार जारी विज्ञप्तीमा ‘जेनजी’ आन्दोलनपछि उत्पन्न परिस्थिति र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “आन्दोलनका क्रममा सहादत प्राप्त गरेका विद्यार्थीप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ । हालको असुरक्षित अवस्थालाई मध्यनजर गर्दै विद्यालय तथा क्याम्पसमा अर्को सूचना जारी नभएसम्मका लागि पठनपाठन स्थगित गरिएको जानकारी गराउन चाहन्छौँ ।”

विज्ञप्तीमा नेशनल प्याब्सनका अध्यक्ष दीपककुमार ठाकुर र प्याब्सनका अध्यक्ष रवीन्द्रकुमार चौधरीले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै