ट्रेन्डिङ

मानव अधिकार आयोगको अपील : लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो, हिंसा नगरौं

वीरगन्ज । राष्ट्रिय मानव अधिकार आयोगले देशभर भइरहेको हिंसात्मक प्रदर्शन र आगजनीको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।

आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै कसैलाई पनि हिंसात्मक गतिविधि नगर्न आग्रह गरेको छ।

आयोगका प्रवक्ता डा. टीकारम पोखरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो भन्ने कुरामा आयोग दृढ छ।’ आयोगले जनताका हक र अधिकारलाई थप सुरक्षित बनाउँदै लोकतान्त्रिक विधिबाट नै देशले वर्तमान संकटको समाधान खोज्नुपर्नेमा जोड दिएको छ।
आयोगले यो संवेदनशील समयमा राज्यका सबै निकाय र आम नागरिकलाई सकारात्मक र सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेको छ। आयोगले हिंसात्मक घटनामा मृत्यु भएकाहरूको परिवार र घाइतेहरूको अवस्थाबारे निरन्तर अनुगमन गरिरहेको पनि जानकारी दिएको छ।

विज्ञप्तिमा, आगामी दिनमा यस्ता घटना नदोहोरिने विश्वास व्यक्त गर्दै सबैलाई हिंसाबाट टाढा रहन अपील गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै