वीरगन्ज । हिजोको तोडफोड र आगजनीपछि काठमाडौंका सडकहरूमा छरिएको फोहोर सफा गर्न युवाहरू आफैं अघि सरेका छन्। मीनभवन र बानेश्वर सडकखण्डमा अहिले उनीहरूले स्वयंसेवा गरिरहेका छन्।
पछिल्लो समय देशभर आन्दोलन र विरोध प्रदर्शनले हिंसात्मक रूप लिएपछि युवाहरूको यो पहलले सकारात्मक सन्देश दिएको छ। सडकमा छरिएका प्लास्टिक, कागज, पानीका बोतल र जलाइएका टायर, मोटरसाइकल लगायतका फोहोरहरू उनीहरूले पन्छाइरहेका छन्।
सडक सफाइमा जुटेका एक युवाले भने, ‘हामी यो देशका नागरिक हौं, अरू केही होइन। यो देशको सफाइ गर्नु हाम्रो कर्तव्य हो।’
यस पहलले आन्दोलनको नकारात्मक असरलाई कम गर्दै युवाहरूमा देखिएको सकारात्मक ऊर्जालाई उजागर गरेको छ। यसले समाजमा सकारात्मक परिवर्तनका लागि युवाको भूमिका महत्वपूर्ण हुने सन्देश पनि दिएको छ।