पर्सा जिल्ला अदालतले आजदेखि अदालतको सम्पूर्ण सेवा स्थगित गरेको छ।
जिल्ला प्रशासन कार्यालय पर्सा र नेपाली सेनाले वीरगञ्जमा लगाएको कर्फ्यूका कारण उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै अदालतले यस्तो निर्णय लिएको हो।
अदालतले जारी गरेको सूचनाअनुसार, कर्फ्यूका कारण सेवाग्राही र कानुन व्यवसायीहरूलाई अदालत आउन जान समस्या भएकोले अर्को सूचना जारी नभएसम्म नियमित र पूरक पेसी तोकिएका मुद्दाहरूको सुनुवाइ नगरिने भएको छ।
यद्यपि, अदालतले यस अवधिमा तोकिएका तारेख भने नगुज्रने जनाएको छ। पर्सा जिल्ला अदालतको प्रशासन शाखाले एक सूचना जारी गर्दै सम्बन्धित सबैलाई यस विषयमा जानकारी गराएको छ।
