वीरगन्ज । देशव्यापी रूपमा फैलिएको जेनजी आन्दोलनले हिंसात्मक रूप लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्।
मंगलबार दिउँसो उनले पदबाट राजीनामा दिएको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ।
पहिलो दिन भएको दमनपछि झन् उग्र बनेको आन्दोलनका कारण ठूलो जनधनको क्षति भएको थियो। देशभरका प्रमुख सहरहरूमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा अवस्था नियन्त्रणबाहिर गएको थियो। प्रहरी पछि हट्दै गर्दा नेताहरूका निवास र सरकारी सम्पत्तिमा समेत आगजनी र तोडफोड भएका थिए।
प्रधानमन्त्रीको राजीनामाले देशको राजनीतिक संकटलाई थप गहिर्याएको छ। अहिले देशलाई नयाँ दिशा दिन र शान्ति कायम गर्नका लागि तत्काल निकासको खोजी भइरहेको छ। ओलीको राजीनामासँगै अब नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ।