ट्रेन्डिङ

सरकारको निर्णय : अब सामाजिक सञ्जाल खोलिने

Lकाठमाडौँ । बन्द रहेको सामाजिक सञ्जाल खोल्ने निर्णय सरकारले गरेको छ।

सोमबार अबेर रातिसम्म बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जाल सञ्चालनमा ल्याउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

यसअघि सत्ता साझेदार दल नेपाली कांग्रेसले सामाजिक सञ्जाल खोल्न सरकारलाई औपचारिक आग्रह गर्ने निर्णय गरेको थियो।

कांग्रेस सभापति शेरबहादुर देउवा आफैं बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए।

निर्णयसँगै अब देशभर सामाजिक सञ्जाल सहज रूपमा प्रयोग गर्न सकिने भएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै