ट्रेन्डिङ

चल्न थाल्यो फेसबुक

वीरगन्ज । सामाजिक सञ्जालमाथिको सरकारी प्रतिबन्धविरुद्ध जेनजी युवाहरूले गरेको आन्दोलन चर्किएसँगै नेपालमा फेसबुक खुल्न थालेको छ।

देशभरका इन्टरनेट प्रयोगकर्ताहरूले फेसबुक चलेको बताएका छन्, यद्यपि इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले यस विषयमा कुनै पनि औपचारिक जानकारी दिएका छैनन्।

सरकारले नेपालमा दर्ता नभएका भन्दै फेसबुक, युट्युब लगायत २६ वटा सामाजिक सञ्जाल प्लेटफर्ममाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। सरकारको यही निर्णयको विरोधमा आज जेनजी पुस्ताले आन्दोलन सुरु गरेको थियो। आन्दोलनले हिंसात्मक रूप लिँदै ठूलो मानवीय क्षति भएपछि यो अवस्था आएको हो।

युवाहरूको प्रदर्शनको दबाबका कारण फेसबुकमाथिको प्रतिबन्ध हटाएको हुन सक्ने अनुमान गरिएको छ। यसले सामाजिक सञ्जालमाथिको सरकारी कदम र युवाहरूको अभिव्यक्ति स्वतन्त्रताको मागबीचको टकरावलाई उजागर गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै