ट्रेन्डिङ

जेनजी प्रदर्शनमा मृतकको संख्या १३ पुग्यो, कफ्र्फपछि पनि रोकिएन आन्दोलन

वीरगन्ज । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सुरु भएको जेनजी प्रदर्शन हिंसात्मक बन्दा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा यो संख्या पुष्टि भएको हो।

आज दिउँसो ३स्३० बजेसम्म प्राप्त विवरणअनुसार, प्रदर्शनमा घाइते भएकामध्ये राष्ट्रिय ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा २, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु भएको छ।

शान्तिपूर्ण रूपमा सुरु भएको युवा आन्दोलनले यो डरलाग्दो र दुखद मोड लिएको छ। अहिले पनि घाइतेहरूको यकिन विवरण आउन सकेको छैन।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै